अस्थाथी सिकाइ केन्द्र निर्माण गर्न विद्यालयलाई आर्थिक सहयोग

त्रिवेणी (रुकुम पश्चिम) । भूकम्पबाट क्षति पुगेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ ज्यामिरेकोटस्थित जनविकास माध्यमिक विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न आर्थिक सहयोग प्राप्त गएको छ । अस्थाथी सिकाइ केन्द्र निर्माण गर्न काठमाडौँ वल्र्ड स्कुलले रु एक लाख ६७ हजार सहयोग गरेको हो ।
काठमाडौँ वल्र्ड स्कुलका शिक्षक मुकुन्द महर्जनले उक्त रकम विद्यालयका प्रधानाध्यापक दीपकसङ्गम थापालाई हस्तान्तरण गरे । काठमाडौँ वल्र्ड स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकबाट उक्त रकम सङ्कलन भएको उनले बताए । सो रकमबाट सिकाइ केन्द्र निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिने बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष करण विकले जानकारी दिए।
गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट जनविकास माध्यमिक विद्यालयमा क्षति पुगेको थियो । यहाँ बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ ।
भूकम्पले तीन विद्यालयमा क्षति पु¥याएपछि अहिले सात अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको प्रधानाध्यापक थापाले बताए ।


















बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया