मंगलबार, फागुन १९, २०८२

फिनल्याण्डमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु

मेरोन्यूज २०८० माघ १५ गते ८:१३

फिनल्याण्डको राष्ट्रपतीयको निर्वाचन आइतबार स्थानीय समय अनुसार बिहान ९ बजेदेखि शुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बेलुका ८ बजेसम्म मतदान गर्न पाइने छ । छ वर्षको अवधिका लागि नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।वर्तमान राष्ट्रपति साउली निनिस्तोको उत्तराधिकारीका लागि नौ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

फिनल्याण्डको संविधान अनुसार राष्ट्रपति लगातार दुई कार्यकालका लागि मात्र निर्वाचित हुन पाइने प्रावधान छ। यदि कुनै पनि उम्मेदवारले पहिलो चरणमा आधा भन्दा बढी मत प्राप्त गर्न सकेन भने, दोस्रो चरणमा शीर्ष दुई उपविजेताहरू बीच फेब्रुअरी ११ मा हुनेछ।

राष्ट्रिय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार, पूर्व प्रधानमन्त्री अलेक्ज्याण्डर स्टब र स्वतन्त्र हरित उम्मेदवार, पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो जनमत सर्वेक्षणमा अग्रस्थानमा देखिनु भएको छ ।

स्टब नोभेम्बरदेखि चुनावी मैदानमा हुनुहुन्छ । यता फिन्स पार्टीका उम्मेदवार एवं फिनल्याण्डको संसद्को सभामुख जुसी हल्ला–आहो पछिल्ला हप्ताहरूमा लोकप्रियता बढ्दै गएको पाइएको छ।

निर्वाचन व्यवस्था अनुगमन गर्ने न्याय मन्त्रालयका अनुसार राति १० बजेतिर नतिजा आउनेछ ।

प्रतिक्रिया