आज ४ वटा संसदीय समितिको बैठक बस्दै, के–के हुन् एजेन्डा ?

काठमाडाैँ । आज एकै पटक ४ वटा संसदीय समितिका बैठक बोलाइएको छ।
राष्ट्रिय सरकोकार तथा समन्वय समिति, कानून, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक आज (सोमबार) बस्न लागेका हुन्।
बिहान ८ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची छ।
बिहान ११ : ३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची छ। त्यसैगरी बिहान ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सांसदसँग छलफल हुने कार्यसूची छ।
बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालको जनसंख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनराबलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया