एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदै
मेरोन्यूज
२०८० माघ १५ गते ९:२३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय परिषद्को बैठक सोमबार पनि जारी छ। आइतबारबाट सुरू भएको परिषद् बैठकमा विधानमाथि छलफल केन्द्रित भएको सचिवालय जनाएकाे छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा विधानको मस्यौदामाथि दसवटा समूह बनाएर छलफल जारी रहेको र आजै साँझ बैठक सकिने सचिवालय जनाएकाे छ ।
परिषद् बैठकमा करिब एक हजार जना प्रतिनिधि छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारीका अलावा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्।
एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ। त्यसैका लागि विधानमाथि छलफल गराइरहेको हो।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया