आइतबार, फागुन २४, २०८२

रुकुम पश्चिममा प्रहरीमाथि कुटपिट, २ प्रहरी जवान घाइते

मेरोन्यूज २०८० माघ १५ गते १०:४९

सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका २ प्रहरी जवानमाथि आक्रमण भएको छ । इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बेलुका ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट हो ।

प्रहरीका अनुसार बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२–१३ जनाको समूहले कुटपिट गरेका थिए ।

सामान्य विवादका कारण उनीहरूले कुटपिट गरेको र घटनास्थलमा पुगेर सम्झाई-बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेको प्रहरीले जनाएकाे छ ।

कुटपिटबाट घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया