अदालतबाट भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
मेरोन्यूज
२०८० माघ १५ गते १२:३७

काठमाडौं । काठमाडौं जिल्ला अदालतको परिसरबाट भागेका थुनुवा कमल खड्कालाई भगाउन सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध अभियोग पत्र दायर भएको छ ।
सिन्धुपाल्चोकका १८ वर्षीय पारस तामाङ, २५ वर्षीय मोहनबहादुर तामाङ र १९ वर्षीय रोनिस तामाङलाई थुनुवा भगाएको कसुरमा मुद्दा लगाइएको हो ।
ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए ।
मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । भाग्ने खड्कालाई पनि यस मुद्धामा प्रतिवादी बनाइएको छ ।
सम्बन्धित
















आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया