बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मेरोन्यूज
२०८० माघ १५ गते २०:०७

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष थारू आयोगका सदस्य शान्ति मोदीले आयोगको कार्यसम्पादनसम्बन्धी पाँचाँै वार्षिक प्रतिवेदन २०७९/०८० को आज हस्तान्तरण गरे ।
सो अवसरमा प्रदेश प्रमुख शर्माले थारू समुदायलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन आयोगले गरिरहेको कामको प्रशंसा गरे ।
सदस्य मोदीले आयोगले थारू समुदायको शैक्षिक उत्थान, स्वास्थ्य उपचार, रोजगारीका क्षेत्रमा कार्यसम्पादन गरिरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया