बुधबार, वैशाख ३१, २०८२

कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

मेरोन्यूज २०८० माघ १६ गते ९:२३

काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।

पार्टीले केन्द्रीय प्रतिनिधि चयन गरिसके लग्तै शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।

पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको छ । पहिलो चरणको अभियान माघ २६ गतेसम्म सञ्चालन हुँदै छ । 

अभियान देशभरका ६ हजार ७४३ वटै वडामा सञ्चालन हुनेछ । 

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।

‘समुदायमा कांग्रेस’ अभियानलाई खटाइयो केन्द्रीय प्रतिनिधि (सूचीसहित) 

प्रतिक्रिया