५ किलो गाँजासहित बारामा १ जना पक्राउ
मेरोन्यूज
२०८० माघ १६ गते २०:११

बारा । बारामा अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका-७ टेढारोडबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरीलाई मंगलबार बिहान ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीलाई देख्नासाथ १ जना व्यक्तिले झोला छाडी फरार भएपश्चात उक्त झोला जाँच गर्ने क्रममा अवैध लागूऔषध गाँजा करिब ५ किलो फेला पारी प्रहरीले बरामद गरेको छ ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया