साझा संकल्पले मात्रै देशलाई समुन्नत बनाउँछ : मन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले राष्ट्रको साझा सपना निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टस क्लब नेपाल मकवानपुर शाखाद्वारा सहिद दिवस २०८० को सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रको साझा सपना निर्माण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले साझा सपना र साझा सङ्कल्पले मात्रै देशलाई समुन्नतिको बाटोमा अघि बढाउन सकिने बताए । उनले अबको नेपालको साझा सपना समावेशी समुन्नत नेपालको निर्माण गर्नु भएको पनि बताए ।
मन्त्री श्रेष्ठले अहिले साझा सपना निर्माण गर्न नसक्दा देशमा अलमलको अवस्था देखिएको भन्दै साझा सपना निर्माणका लागि दलीय स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले सहिद कुनै पार्टी, समुदाय, लिङ्ग, क्षेत्र र धर्म विशेषको नहुने बताए । उनले सहिद राष्ट्रको हुने र सहिदलाई कसैले पनि दलीयकरण गर्नु नहुने बताए । उनले बागमती प्रदेश सरकार सहिदका अधुरा सपना पुरा गर्न इमानदारीपूर्वक लागिरहेको र भविष्यमा पनि लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको महत्वपूर्ण योगदान रहेको पनि बताए । उनले सञ्चार क्षेत्रलाई लोकतन्त्रको मेरुदण्ड र सञ्चारकर्मीलाई लोकतन्त्रको पहरेदारको संज्ञा दिए ।
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया