पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताएका छन् ।
समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको ‘संसद्मा केपी शर्मा ओली’ विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले विकास र परिपूर्णताको दिशातिर जाने बाटो राजनीति भएकाले सामाजिक प्रबन्धमा सामाजिक न्यायसहित सुव्यवस्थित गर्नु राजनीतिको अभिष्ट भएको र आफूले त्यसका लागि प्रयास गर्दै आएको बताए । उनले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गरी लोकतन्त्रको दिशामा अघि बढ्नका लागि राजनीतिक पार्टी र कार्यकर्ताले पहल गर्नुपर्नेमा जोड दिए ।
एमाले महासचिव शङ्कर पोखरेलले नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलनका उपलव्धि संस्थागत गर्न राजनीतिक शक्तिले ध्यान दिन नसकेको जनाउँदै अध्यक्ष ओलीले देश र जनताका खातिर समृद्धिलाई केन्द्रमा राखेर गर्नुभएका पहलको सराहना गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले अध्यक्ष ओलीबाट संसद्मा व्यक्त विचारको सङ्कलनले समृद्ध नेपाल निर्माणका यात्रीलाई सहयोग मिल्ने बताए । संविधानविद् नीलाम्बर आचार्यले राजनीति गर्नेले उक्त ग्रन्थकोे अध्ययन गरी अध्यक्ष ओलीका विरुद्ध फैलाइएका भ्रम चिर्नुपर्ने बताए ।
लेखक पुरुषोत्तम दाहालले राष्ट्र र राष्ट्रियता तथा समृद्धिका लागि अध्यक्ष ओलीका अडान विवेकपूर्ण रहेका बताए ।
सानुमैयाँ खड्कद्वारा सङ्कलित उक्त ग्रन्थको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको थियो । अध्यक्ष ओलीका २०४८ सालदेखिका संसद्मा व्यक्त १८३ सम्बोधन संलग्न सो कृति आठ सय ३६ पृष्ठको रहेको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया