शुक्रबार, जेठ २, २०८२

गोरखापत्रका उपसम्पादक पण्डितकाे निधन

मेरोन्यूज २०८० माघ १७ गते ९:१०
This image has an empty alt attribute; its file name is 1-Sheshkanta_Pandit_UwNY2Lz64E.jpg

काठमाडौँ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन् ।

उनको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् ।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया