धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०८० माघ १७ गते ९:४५

धनगढी । कैलालीको धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटी आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटी पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको र उनले त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जाई बस्ने २५ बर्सका रमेश चौधरी र २३ बर्सकी चन्द्रावती राना दम्पती घाइते भएका छन् ।
दुर्घटना भएको स्कुटरमा तीन जना सवार रहेका थिए । स्कुटी र चालक रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया