महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा २ जनाविरुद्ध पक्राउ पुर्जी जारी

धनगढी । कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।
अत्तरिया उद्योग वाणिज्य संघले गत पुस २६ देखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै उनीहरु विरुद्ध संघका पदाधिकारीहरुले किटानी जाहेरी गरेका थिए । जाहेरी दर्ता भएपछि दुवै जनालाई पक्राउ गर्न मंगलबार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले जानकारी दिए ।
उनीहरुलाइ पक्राउ गर्न प्रहरीले खाेजी रहेकाे छ । सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए।
उद्योग वाणिज्य संघले दर्शकलाई नक्कली टिकट बिक्रि गरेर हानीनोक्सानी गरेको भन्दै संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै यसअघि नै कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया