महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोपमा २ जनाविरुद्ध पक्राउ पुर्जी जारी

धनगढी । कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।
अत्तरिया उद्योग वाणिज्य संघले गत पुस २६ देखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै उनीहरु विरुद्ध संघका पदाधिकारीहरुले किटानी जाहेरी गरेका थिए । जाहेरी दर्ता भएपछि दुवै जनालाई पक्राउ गर्न मंगलबार जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले जानकारी दिए ।
उनीहरुलाइ पक्राउ गर्न प्रहरीले खाेजी रहेकाे छ । सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए।
उद्योग वाणिज्य संघले दर्शकलाई नक्कली टिकट बिक्रि गरेर हानीनोक्सानी गरेको भन्दै संलग्नलाई कारबाही हुनुपर्ने माग गर्दै यसअघि नै कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया