राष्ट्रपति रनिङसिल्ड नगरस्तरीय प्रतियोगिताको उपाधि कर्णाली मावि सत्तीलाई

कैलाली । यहाँ आयोजित नगरस्तरीय अन्तर विद्यालय तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि कर्णाली मावि सत्तीले पाएको छ ।
प्रतियोगितामा त्रिभुवन मावि बटनपुर दोस्रो र खड्ग मेमोरियल मावि टीकापुर तेस्रो भएका छन् ।
त्यसैगरी कक्षा १–५ तह अन्तर्गत कर्णाली मावि टीकापुर प्रथम, खड्ग स्मृति मावि टीकापुर दोस्रो र बोर्र्डर लाइन स्कुल बैदी तेस्रो भएको छ । साथै कक्षा ६–१२ तर्फ कर्णाली मावि टीकापुर सत्ती प्रथम, त्रिभुवन मावि बटनपुर दोस्रो र खड्ग मेमोरियल मावि टीकापुर तेस्रो भएका छन् ।
भलिबल छात्रतर्फ आरएमई स्कूल टीकापुर प्रथम, खड्ग स्मृति मावि टीकापुर दोस्रो र सेतिमैया मावि झुङ्गा तेस्रो भएको छ भने छात्रातर्फ सगुन विद्या निकेतन टीकापुर प्रथम, सरस्वती मावि टीकापुर दोस्रो र कर्णाली मावि सत्ती तेस्रो भएका छन् ।
भलिबलमा उत्कृष्ट खेलाडीका करिश्मा ऐडी र रमित चौधरी चयन भएका छन् । कराँतेतर्फ सामुयल चौधरी र एन्जिला चौधरी रहेका छन् भने एथलेटिक्समा सन्देश विक, सृष्टी चौधरी र स्वर्णिम पुनमगर विजयी भए ।
विजेता टिम र खेलाडीलाई ट्रफी,मेडल प्रदान गरिएको छ । विजयी खेलाडीहरुले अब जिल्लास्तरीय प्रतियोगिताका लागि तयारी गर्नेछन् ।
प्रतियोगिता समापन गर्दै टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले खेलका माध्यमबाट टीकापुरको पहिचान बनाउने बताए । “खेल गतिविधि बढाउनेछौँ, यहाँ सम्भावना भएका खेलाडीका लागि हौसला दिने काम हुनेछ”, उनले भने, “खेल र खेलाडीको विकास भएमा शिक्षा सुधारमा पनि सहयोग पुग्छ ।’ टीकापुर-८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले खेलले विद्यालयको क्षमता र पहिचान स्थापित गराएको बताए ।
“प्रतियोगिताले विद्यालयको क्षमता, खेलाडीमा गरिएको लगानी देखिन्छ”, उनले भने, “खेलमा उत्कृष्ट विद्यार्थी अन्य क्षेत्रमा समेत मेहनती र उत्कृष्ट हुन्छन् ।” अभिभावक तर्कराज रेग्मीले खेलकुद गतिविधि बढ्दा विद्यार्थीलाई हौसला मिल्ने बताए । “विगतमा छोरीहरु दौड, भलिबल, फुटबल खेलमा मात्र देखिन्थे, आजभोलि कराँते, हाइजम्प, लङजम्प जस्ता खेलमा देखिदैछन्”, उनी भन्छन्, “अभिभावक, शिक्षकको साथ, सरकारको लगानीले अहिले हरेक खेलमा छोरीहरु देखिएका छन्, यो खुसीको कुरा हो ।”
यसैबीच टीकापुर प्याब्सनको आयोजनामा प्याब्सन नवौँ रनिङ कप प्रतियोगिता समेत सुरु भएको छ । खेलकुद तीन दिनसम्म चल्नेछ । खेलकुदमा टीकापुरका २६ संस्थागत विद्यालय सहभागी छन् । खेलकुदमा केक खाने दौड प्रतियोगिता, दौड, हिसाब दौड, कट्टा दौड, चम्चा दौड, भलिबल, क्रिकेट, हाइजम्प, लङजम्प, सटफुटलगायतका खेल हुनेछन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया