एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरीको प्रशासिनक भवन उद्घाटन

सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्पा ओलीले उद्घाटन गरेका छन् ।
उक्त भवन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट रु दुई करोड ३७ लाख ६० हजार तीन सय ७, सङ्घीय समपूरक अनुदान रु तीन करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट रु चार करोड ८७ लाख ८२ हजार आठ सय ५४ गरी जम्मा रु ११ करोड ९४ लाख तीन हजार एक सय ६१ को लागतमा निर्माण भएको हो । पाँच वर्षमा निर्माण पूरा भएको उक्त भवनमा ३५ कोठा छन् ।
त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पालिकाहरुले नयाँ भवन निर्माण भएसँगै गुणस्तरीय सेवा प्रवाहमा लाग्नुपर्नेमा जोडदिए । उनले पाँचपोखरीमा जैविक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे । “यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्नेछ,” नेता ओलीले भने । उनले उत्पादनलाई बढाउन आग्रह पनि गरे ।
पूर्वप्रधानमन्त्री ओलीले मेलम्ची –पाँचपोखरी– भोताङ बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए । साथै उनले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका जोड दिए।
गाउँपलिकाका अध्यक्ष टासी लामाले भवन निर्माणमा सघाउने सबैमा आभार प्रकट गर्दै हिमाली पालिका पाँचपोखरीको विकासमा सहयोग गर्न आग्रह गरे ।
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया