१० किलो गाँजासहित एक जना पक्राउ
मेरोन्यूज
२०८० माघ १७ गते २२:०४

बारा । दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।
मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका– ७ निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया