एमाले प्युठानको ३ दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौं । नेकपा एमाले प्युठानले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तीन दिन प्रशिक्षण कार्यक्रमको एमाले पोलिटब्युरो सदस्य एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले समापन गरेका हुन् । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै थापाले प्रशिक्षणमा सिकेको सिप मातहतको कमिटीमा सञ्चार गर्न आग्रह गरे ।
प्रशिक्षणको सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुभारम्भ गरेका थिए ।
प्रशिक्षण गर्दै उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख ज्ञवालीले जनताको बहुदलीय जनवादको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा तथा कार्यभारका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिएका थिए ।
पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यका साथै प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजनाका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजालले मार्क्सवादी दर्शनशास्त्रको विषयमा प्रशिक्षण दिँदा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्था, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषता, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप, शैली र कला, केन्द्रीय स्कुल विभाग सदस्यहरू बद्री खनालले राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, रामशरण प्याकुरेलले संगठन निर्माण, व्यवस्थापन र परिचालन, वाईपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग विषयमा प्रशिक्षण दिएका थिए ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया