एमाले प्युठानको ३ दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौं । नेकपा एमाले प्युठानले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तीन दिन प्रशिक्षण कार्यक्रमको एमाले पोलिटब्युरो सदस्य एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले समापन गरेका हुन् । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै थापाले प्रशिक्षणमा सिकेको सिप मातहतको कमिटीमा सञ्चार गर्न आग्रह गरे ।
प्रशिक्षणको सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुभारम्भ गरेका थिए ।
प्रशिक्षण गर्दै उपमहासचिव तथा पार्टीको केन्द्रीय स्कुल विभाग प्रमुख ज्ञवालीले जनताको बहुदलीय जनवादको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा तथा कार्यभारका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिएका थिए ।
पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले प्युठान जिल्लामा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान र भविष्यका साथै प्युठानको समग्र विकासमा पार्टीको भूमिका र भावी योजनाका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजालले मार्क्सवादी दर्शनशास्त्रको विषयमा प्रशिक्षण दिँदा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशमा पार्टी कामको अवस्था, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले नेपालको संक्षिप्त इतिहास र नेपाली समाजको चरित्र तथा विशेषता, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप, शैली र कला, केन्द्रीय स्कुल विभाग सदस्यहरू बद्री खनालले राजनीतिक अर्थशास्त्र र वर्तमान अवस्था, रामशरण प्याकुरेलले संगठन निर्माण, व्यवस्थापन र परिचालन, वाईपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग विषयमा प्रशिक्षण दिएका थिए ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया