‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक लगाएको छ ।
काठमाडौँका पेटी, हाटबजार, मेलालगायतमा खुलारूपमा बिक्री हुँदै आएको रङ्गीन कटन क्यान्डी (चिनीमा रङ मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई)मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडमाइन बी’ प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार तनहुँ क्षेत्रमा समेत कटन क्यान्डी बिक्री हुनसक्ने भन्दै रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारीद्वारा जारी विज्ञप्तिमा प्याक नगरिएको र लेवलसमेत नराखी बजारमा बिक्री गरिएको रङ्गीन कटन क्यान्डी नखान सबैमा आग्रह गरिएको छ । “कटन क्यान्डीका उत्पादकले आफ्नो उत्पादनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जाँच गरी खाद्य अनुज्ञापत्र लिएर मात्र बिक्री वितरण गर्न अनुरोध छ, अन्यथा मातहतको निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँबाट कानुनबमोजिम कारबाही हुने व्यहोरा अनुरोध छ”, जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहायक प्रजिअ अधिकारीले उपभोक्ता हितविपरीतका कार्यलाई निरुत्साहित गर्न स्वयं उपभोक्तासमेत सचेत बन्नुपर्नेमा जोड दिए। “अखाद्य पदार्थको सहज बिक्री रोक्न उपभोक्ता र नागरिक समाजको ठूलो हात रहन्छ”, सहायक प्रजिअ अधिकारीले भने, “उपभोक्ता हितविपरीतको कार्यमा हामीले सूचना पाए तुरुन्तै अनुगमन र कानुनी कारबाही प्रक्रियामा जान्छौँ ।”
तनहुँका मुख्य बजार दमौली, दुलेगौँडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भिमादलगायत क्षेत्रमा बिना लेवल र प्याक नगरी खुलारूपमा रङ्गीन कटन क्यान्डी बिक्री गरिँदै आएको र जिल्ला प्रशासन कार्यालयको बिक्री नगर्न सूचना जारी गर्नु प्रभावकारी निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्च तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए ।
उपभोक्ता हितविपरीतको कार्यलाई सामान्य ठान्न नसकिने र स्वयं उपभोक्ता पनि सचेत बन्नुपर्ने अध्यक्ष भट्टराईले बताए । “जिल्ला प्रशासन कार्यालयको निर्णय सकारात्मक छ”, भट्टराईले भने, “तर बजारमा अनुगमनलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।”

















शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया