बिहीबार, फागुन २८, २०८२

इराक्ली कोबाखिदजे जर्जियाको प्रधानमन्त्रीमा मनोनित

मेरोन्यूज २०८० माघ १८ गते १९:४२

सत्तारुढ जर्जियन ड्रीम पार्टीका अध्यक्ष इराक्ली कोबाखिद्जेलाई बिहीबार पार्टीको महाधिवेशनले देशको नयाँ प्रधानमन्त्री मनोनयन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार राजिनामा दिएका पूर्वप्रधानमन्त्री इराक्ली गरिबासभिलीलाई महाधिवेशनमा पार्टीको राजनीतिक परिषद्ले पार्टीको अध्यक्षमा अनुमोदन गरेको थियो ।

पार्टीले सो निर्णय महाधिवेशनबाटै प्रत्यक्ष प्रसारण गरेको थियो ।

जर्जियाको कानुन अनुसार कोबाखिदजेको मनोनयनलाई १५० सिटको संसद्ले साधारण बहुमतले अनुमोदन गर्नुपर्नेछ।

सन् १९७८ मा जन्मेका कोबाखिडजे सन् २०२१ देखि जर्जियन ड्रीम पार्टीको अध्यक्ष हुन् ।

प्रतिक्रिया