नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते
मेरोन्यूज
२०८० माघ १९ गते ७:३५

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।
काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए ।
बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका हुन् । घाइते हुनेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन्, भने तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जनालाई उपचारपछि डिस्चार्ज गरिसकेको
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित
प्रतिक्रिया