नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते
मेरोन्यूज
२०८० माघ १९ गते ७:३५

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।
काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए ।
बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका हुन् । घाइते हुनेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन्, भने तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जनालाई उपचारपछि डिस्चार्ज गरिसकेको
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित
















Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया