आइतबार, वैशाख २७, २०८३

एमालेकाे संसदीय दलको बैठक शनिबार र आइतबार

मेरोन्यूज २०८० माघ १९ गते ११:२७

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ ।

Advertisement
NiccNicc

दुई दिन बस्ने बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आगामी २२ गतेदेखि सुरु हुने संसद्‌को बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन्।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ। यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ। 

प्रतिक्रिया