भ्यानको ठक्करबाट एकजनाको मृत्यु, ५ घाइते

सिरहा। सिरहामा पिकअप भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा घुर तापिरहेका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्लाको सुखिपुर नगरपालिका १ शिवनगरका जितन मोची र भोरिल रामको घरमा प्र. २–०१–००१ च ०६३१ नम्वरको पिकप भ्यान अनियन्त्रित भइ ठोक्किँदा ७२ वर्षिय जितन मोचीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनाम परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।
घटनामा ७० वर्षीय गुजरी राम र चालक १८ वर्षीय शंकर यादव गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। अन्य तीनजनाको लहान र धनगढीका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। प्रहरीले राति नै गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

















सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
सिरहा लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर सञ्चालन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया