बिहीबार, जेठ १, २०८२

सभामुखसहित सचेतकहरूको बैठक जारी

मेरोन्यूज २०८० माघ १९ गते १७:१६

काठमाडौं । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा प्रमुख सचेकत र सचेतकहरुसँग छलफल गसिरहेका छन् । 

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा उपसभामुख इन्दिरा राना, दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको थियो । 
 

प्रतिक्रिया