प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै
मेरोन्यूज
२०८० माघ २० गते ७:४१

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय दुई टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दैछन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजे हुने खेलमा पुलिस र आर्मी भिड्न लागेका हुन्।
पुलिस लगातार नौ खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। यद्यपि ऊ दुई खेलअघि नै अन्तिम दुईमा पुगेको थियो। पुलिस सर्वाधिक १८ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
आर्मीले नौमध्ये सात खेलमा जित निकाल्दै अन्तिम दुई स्थान पक्का गरेको हो । प्रतियोगितामा १४ अंकका साथ आर्मी दोस्रो स्थानमा रह्यो।
पुलिस र आर्मीले तेस्रोपटक च्याम्पियन हुने लक्ष्य राखेका छन् । आर्मी तीनपटक उपविजेता बनेको छ।
उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्।
सम्बन्धित
















जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया