अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०८० माघ २० गते ९:२८

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङको खोलाखर्कमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जीप आज (शनिबार) बिहान ७ बजेतिर दुर्घटना भएको भूमिकास्थान नगरपालिका–२ का वडाअध्यक्ष बुद्धि थापाले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका–८ निवासी जेमकला आचार्य रहेको थापाले बताए । यस्तै घाइते हुनेमा पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा रहेको वडा नं २ का वडा सदस्य नारायण प्रसाद खनालले जानकारी दिए । घाइतेलाई अहिले अर्घाखाँची जिल्ला अस्पताल ल्याइँदै छ ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया