भारतीय अभिनेत्री पुनम पाण्डे जीवितै

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेको खुलेको छ ।
उनको इन्स्टाग्राम एकाउन्टमार्फत शुक्रबार बिहान पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सार्वजनिक भएको थियो । इण्डिया टुडेका अनुसार, उनका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको बताएका थिए ।
तर, शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ खुलाएकी छन् ।
आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखी बनाएकाे भन्दै सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई मृत्युको झुठो खबर फैलाएकाे प्रति उनले माफी मागेकी छन् ।
यो पोष्ट सार्वजनिक भएपछि कलाकार कंगना रनावत र अनुपम खेरले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
पाण्डेको मृत्युको खबरबारे पुष्टि गर्न उनको परिवारका सदस्यहरुलाई सम्पर्क गर्न खोज्दा कि त फोन अफ भएको कि फोन नउठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
शनिबार उनकै एकाउन्टबाट आएको पोष्टले उनको मृत्युको खबर झुटो खबर फैलिएको थियो ।









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया