आजपाले निकाल्याे राजधानीमा भ्रष्टाचार बिरुद्ध खबरदारी ऱ्याली (फोटोफिचर)

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ ।
जनता पार्टीको उपत्यका संयोजन समितिले आज काठमाण्डाैँमा भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको हो ।

“भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष साहले जनाएका छन । ‘यसले आम जनसमुदायमा भ्रष्टाचार विरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुगने बिश्वास सहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’






















अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया