त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी चन्दले दिए राजीनामा
मेरोन्यूज
२०८० माघ २० गते १५:३१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्।
शुक्रबार (हिजो) उनले प्रहरी प्रधान कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।
व्यक्तिगत कारणले नै राजीनामा दिएको चन्दले बताए। राजीनामा दिनुको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ।
गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो।
सम्बन्धित
प्रतिक्रिया