झापामा हत्या आरोपमा युवक पक्राउ
मेरोन्यूज
२०८० माघ २० गते २०:२८

झापा । सामान्य विषयमा विवाद हुँदा झापामा सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्दै आएका पाँचथर नागी गाउँपालिका-२ घर भएका ३५ वर्षीय विक्रम सेनेहाङ्को हत्या भएको हो। उनको हत्या अभियोगमा झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा विक्रम गम्भीर घाइते भएका थिए। उनको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटना लगत्तै प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया