झापामा हत्या आरोपमा युवक पक्राउ
मेरोन्यूज
२०८० माघ २० गते २०:२८

झापा । सामान्य विषयमा विवाद हुँदा झापामा सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्दै आएका पाँचथर नागी गाउँपालिका-२ घर भएका ३५ वर्षीय विक्रम सेनेहाङ्को हत्या भएको हो। उनको हत्या अभियोगमा झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने १९ वर्षीय मिलन पुरकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
सामान्य विवादमा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मर प्रहार गर्दा विक्रम गम्भीर घाइते भएका थिए। उनको विएण्डसी अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटना लगत्तै प्रहरीले अभियुक्तलाई पक्राउ गरेर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया