आइतबार, जेठ ४, २०८२

एमाले संसदीय दलको बैठक आज पनि

मेरोन्यूज २०८० माघ २१ गते ७:३९

काठमाडाैँ । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।  एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ । 

यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले  सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ । 

प्रतिक्रिया