सोनापुर मिनिरल्स एन्ड आयलको साधारण सभा माघ २६ मा

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको छ ।
सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यहरु थप गर्ने प्रस्ताव र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया