निःशुल्क स्वास्थ शिविरमा २ हजार बिरामी लाभान्वित

रौतहट। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आयोजित निःशुल्क स्वास्थ शिविरमा झण्डै दुईहजार बिरामी लाभान्वित भएका छन।
रौतहट स्थित नेपाली कांग्रेस मधेश प्रदेशका सभापती तथा भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादव द्वारा उदघाटन गरीएको निःशुल्क स्वास्थ्य शिविरमा उक्त बिरामी उपचार सेवा बाट लाभान्वित भएका हुन ।
श्री शुशिला देवि कलाकार मेमोरियल ट्रस्टको छैठौं पुण्य तिथिको अवसरमा स्थानीय गरुडा नगरपालिका ६ पौठियाही मा आयोजित निःशुल्क स्वास्थ शिविर कार्यक्रममा दुईहजार बिरामी लाभान्वित भएका हुन्।
तीन हजार बिरामीको स्वास्थ उपचार गर्ने उदेश्यका साथ सञ्चालन गरिएको निःशुल्क स्वास्थ शिविरमा करीब दुईहजार बिरामीको जाँच तथा औषधी बितरण गरिएको संस्थाका अध्यक्ष उमेश प्रसाद चौधरीले बताएका छन। शिविरमा बिरगंजको बिभिन्न अस्पताल र रौतहटका अनुभवि डाक्टरहरुले स्वास्थ जाँच तथा उपचार गरेका थिए।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अथिती नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम भौतिक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादबले निःशुल्क शिविरमा स्वास्थ उपचारबाट आमनागरिक लाई राहत महसुस हुने बताएका थिए। उदघाटन कार्यक्रममा पार्टी जिल्ला सभापति सुनिल यादब (जितेन्द्र) डाक्टर शिवकुमार झा लगायतको सहभागिता रहेको कांग्रेस प्रदेश प्रचार बिभाग प्रमुख नितेश गुप्ताले बताएका छन।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया