निःशुल्क स्वास्थ शिविरमा २ हजार बिरामी लाभान्वित

रौतहट। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आयोजित निःशुल्क स्वास्थ शिविरमा झण्डै दुईहजार बिरामी लाभान्वित भएका छन।
रौतहट स्थित नेपाली कांग्रेस मधेश प्रदेशका सभापती तथा भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादव द्वारा उदघाटन गरीएको निःशुल्क स्वास्थ्य शिविरमा उक्त बिरामी उपचार सेवा बाट लाभान्वित भएका हुन ।
श्री शुशिला देवि कलाकार मेमोरियल ट्रस्टको छैठौं पुण्य तिथिको अवसरमा स्थानीय गरुडा नगरपालिका ६ पौठियाही मा आयोजित निःशुल्क स्वास्थ शिविर कार्यक्रममा दुईहजार बिरामी लाभान्वित भएका हुन्।
तीन हजार बिरामीको स्वास्थ उपचार गर्ने उदेश्यका साथ सञ्चालन गरिएको निःशुल्क स्वास्थ शिविरमा करीब दुईहजार बिरामीको जाँच तथा औषधी बितरण गरिएको संस्थाका अध्यक्ष उमेश प्रसाद चौधरीले बताएका छन। शिविरमा बिरगंजको बिभिन्न अस्पताल र रौतहटका अनुभवि डाक्टरहरुले स्वास्थ जाँच तथा उपचार गरेका थिए।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अथिती नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम भौतिक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादबले निःशुल्क शिविरमा स्वास्थ उपचारबाट आमनागरिक लाई राहत महसुस हुने बताएका थिए। उदघाटन कार्यक्रममा पार्टी जिल्ला सभापति सुनिल यादब (जितेन्द्र) डाक्टर शिवकुमार झा लगायतको सहभागिता रहेको कांग्रेस प्रदेश प्रचार बिभाग प्रमुख नितेश गुप्ताले बताएका छन।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया