दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

बुटवल । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षीय छोराको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराहीस्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन्।
रोल्पा घर भएका पिमलाल शनिबार राति कार्यालयबाट बिदा मागेर घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा श्रीमती र छोरासँगै बास बसेका थिए। श्रीमती र छोरा मात्रै रोप्लाबाट पिमलाललाई भेट्न शनिबार मात्रै दाङ आएका थिए।
श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।
प्रहरीले हत्याबारे अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया