बुधबार, वैशाख १६, २०८३

एमाले धादिङ अधिवेशन

अधिवेशन स्थगित बारे भ्रम फैलाइएको अध्यक्ष त्रिपाठीकाे दाबी

मेरोन्यूज २०८० माघ २१ गते १२:१४

काठमाडौं । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् ।

Advertisement
NiccNicc

अधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा अधिवेशन स्थगित भएको भ्रम फैलाइएको दाबी गरेका छन् ।

“नवौँ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा केही अनाधिकृत उच्छृंखल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा (एमाले) धादिङको गम्भीर ध्यानाकर्षण भएको छ,” त्रिपाठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।” 

माघ १९ गते उद्घाटन भएको अधिवेशनमा धक्कामुक्का भइ कार्यकर्ता सन्तोष खनालको हाँत भाँचिएको भन्दै वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका छन् ।

 

प्रतिक्रिया