बिहीबार, वैशाख १७, २०८३

राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते, २९ मा अध्यक्षको निर्वाचन

मेरोन्यूज २०८० माघ २१ गते १५:२९

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आउँदो फागुन २१ गते हुने भएको छ । फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी छ ।

Advertisement
NiccNicc

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको छ। फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष चयन गर्ने कार्यतालिकामा उल्लेख छ।

फागुन २० गते वर्तमान राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदै छ । उनीसहित २० राष्ट्रियसभा सदस्यको कार्यकाल सो दिन सकिनेछ ।

रिक्त रहने सदस्य पदका निम्ति निर्वाचन भइसकेको छ। यही माघ ११ गते निर्वाचन भएको थियो। त्यसबाट १९ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका छन्। रिक्त रहने बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ।

फागुन २१ गते नवनिर्वाचित सांसदहरूको शपथ र स्वागत तथा सभामा उनीहरूबाट अपेक्षा प्रस्तुत गर्ने कार्यतालिका तय छ।

प्रतिक्रिया