श्रीलङ्काले ७६औँ स्वतन्त्रता दिवस मनाउँदै
मेरोन्यूज
२०८० माघ २१ गते १६:३२

काठमाडाैँ । श्रीलङ्काले आइतबार आफ्नो ७६ औं स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गरेका छन् ।
विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताएका छन् । व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उनको भनाइ छ।
उनले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गरेका छन् । यसैबीच, सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् ।
सम्बन्धित

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया