केन्द्र सरकारबाट बाहिरीनेबारे जनमत पार्टीमा छलफल

काठमाडौँ । सत्ता साँझेदार दल जनमत पार्टीको आज केन्द्रीय सचिवालय बैठक बसेको छ । काठमाडौं मध्यबानेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय बसेको सचिवालय बैठकमा केन्द्र सरकारमा रहिरहने वा बाहिरीनेबारे छलफल भएको छ । बैठकमा सरकारबारे बाहिरिनेबारे छलफल भएपनि ठोस निर्णय नभएको एक नेताले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेश सरकारबाट पार्टी बाहिरीएपछि केन्द्र सरकारमा रहने वा बाहिरीने भन्नेमा आज केही नेताहरुले आफ्नो धारणा राखेका थिए । उनिहरुले यसबारेमा पार्टी अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर चाँडो टुंगोमा पुग्नुपर्नेमा जोड दिएका थिए ।
मधेश प्रदेशको सरकार एक वर्ष जसपाले नेतृत्व गर्ने, त्यसपछि जनमतले र कांग्रेसले दुई दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको र सो अनुरुप अब सरकारको नेतृत्व आफुहरुले पाउनुपर्ने जनमतको माग छ । सो सहमती अनुरुप काम नभएमा केन्द्र सरकारबाट समेत बाहिरीनुपर्ने भनाइ जनमतका नेताहरुको छ ।
आजको बैठक विशेषत संगठन निर्माण र परिचालनमा केन्द्रित रहेर छलफल भएको पार्टी प्रवक्ता शरद सिंहले जानकारी दिए।
खासगरी अहिले पार्टीको विभिन्न जिल्लामा जारी वडा अधिवेशन, भोलिदेखि हुने संघीय संसद्को हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल भएको उनले बताए ।
यस्तै आइतबारको बैठकमा मधेश प्रदेशको सरकारबाट पार्टी बाहिरिएको र अब कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको प्रवक्ता सिंहले उनले बताए। यस्तै संघीय सरकारमा सहभागिताको विषयमा समेत समिक्षा भइरहेको उनले बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया