भोलीबाट सुरु हुने संसद अधिवेशनमा आक्रामक रुपमा प्रस्तुत हुने एमाले तयारी

काठमाडौँ । नेकपा एमालेले भोलीबाट सुरु हुने संसद अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदहरुलाई आवश्यक प्रशिक्षण र निर्देशन दिएको छ ।
शनिबार र आइतबार संसदीय दलको बैठक राखेर आफ्ना सांसदहरूलाई एमालेले प्रशिक्षण दिएको हो। आइतबार पनि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा एमालेले प्रशिक्षण गराएको हो। संसद्मा खेल्नुपर्ने भूमिका, बोल्ने तरिका र विषयवस्तुको उठानबारे जानकारी गराउन विज्ञहरूबाट एमालेले सांसदलाई प्रशिक्षण दिएको हो।
एमाले नेताहरू डा.युवराज खतिवडा, डा. विमला राई पौड्याल र अग्नि खरेलले सांसदहरुलाई प्रशिक्षण दिए। प्रशिक्षणका क्रममा सांसदहरूले कतिपय संसदीय प्रक्रिया र अभ्यासबारे जिज्ञासा राखेका थिए। प्रशिक्षणपछि अध्यक्ष ओलीले प्रभावकारी रुपमा संसद्मा प्रस्तुत हुन निर्देशन दिएका छन्।
एमाले सचेक महेश बर्तौलाका अनुसार ओलीले निर्देशनका क्रममा सबै सांसदलाई संसद्मा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्। अध्यक्ष ओलीले आफ्ना सांसदहरूलाई सरकारले गरेका बेथितिविरुद्ध खोजी–खोजी आवाज उठाउन निर्देशन दिएका थिए। सत्ताबाट हुनसक्ने दुरुपयोग रोक्न भूमिका खेल्नुपर्ने बताउँदै उनले सांसदहरूलाई अध्ययन गरेर मात्रै तथ्यबारे बोल्न उनले आग्रह गरे।
उनले प्रतिपक्षीको भूमिका देखिनेगरी संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । ‘हाम्रो भूमिका अत्यन्त सशक्त र प्रभावकारी हुनुपर्छ। अध्ययन र तयारीसाथ बोल्नुपर्छ। भरसक लिखित नोटका साथ बोल्ने अभ्यास गर्नू,’ ओलीले भने। संसद्को हिउँदे अधिवेशन सोमबार अपरान्ह ४ बजेबाट सुरु हुँदैछ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया