शुक्रबार, वैशाख १८, २०८३

राष्ट्रपतिबाट पुरस्कार पाएपछि गायिक रचना रिमालले भनिन् : आज सङ्गीतिक जीवनको महत्वपुर्ण दिन

मेरोन्यूज २०८० माघ २२ गते १९:२०

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९ प्राप्त गरेपछि आजको दिन आफ्नो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन रहेको बताएकी छिन् ।

Advertisement
NiccNicc

उनले पुरस्कारसहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै पुरस्कारले थप जिम्मेवार , उर्जाशिल र कर्तव्यनिष्ठ हुन हौसला प्रदान गर्ने गरेको उल्लेख गरेकी छिन् ।

उनले लेखेको छिन्, ” मेरो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन आज रह्यो। नातिकाजी स्मृति समाजद्वारा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ प्राप्त गर्ने सौभाग्य प्राप्त गरेकी छु। यो स्थान सम्म पुग्छु होला, यी सफलताहरुको नजिक पनि पुग्छु भन्ने कहिल्यै सोचेकी थिईन । मिहेनत गर्नु धेरै छ, निरन्तर इमानदारी र अनुशासन सहित आफ्नो कर्म धेरै गर्न बाँकी नै छन्। तर यो पुरस्कारले थप जिम्मेवार , उर्जाशिल र कर्तव्यनिष्ठ हुन हौसला प्रदान गर्नेछ भन्नेमा ढुक्क छु। धेरै भन्दा धेरै धन्यवाद नातिकाजी स्मृति समाज परिवार । मलाई यो स्थान सम्म पुर्याउन साथ , सहयोग, हौसला, आशिर्वाद र माया दिनुहुने मेरो परिवार, सम्पुर्ण दर्शक स्रोता, मेरो आवाज रहेका सबै सृजनामा आवद्द रचनाकार, संगितकार, एरेन्जर, निर्माता लगायत सम्पुर्णमा नमन गर्दछु । हजुरहरुको माया र आशिर्वाद सदैव पाईरहन सकुँ।धन्यवाद “

प्रतिक्रिया