मन्त्रीहरु काममा होइन स्टन्टबाजीमा रमाए :एमाले प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारका मन्त्रीहरु स्टन्टबाजी गर्न माहिर रहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मन्त्रीहरु काम नगर्ने तर प्रधानमन्त्रीलाई कहिले यशु ख्रिष्ट जस्तो भन्ने कहिले सम्राट अशोक भनेर स्टन्टबाजी गरेर बसिरहेको आरोप लगाए ।
उनले भने– ‘देशका आयोजनाहरु असफल छन्, यस्ता कुराहरुमा मन्त्रीहरुलाई चिन्ता छैन । उहाँहरुलाई स्टन्टबाजमा रहमाउनु छ । कहिले हाम्रो प्रधानमन्त्री यशु ख्रिष्ट जस्तो हुनुहुन्छ, उहाँ त महान हुनुहुन्छ । मन्त्रीज्यूहरु महिमागानमा व्यस्थ हुनुहुन्छ । कहिले सम्राट अशोक जस्तो हुनुहुन्छ भनेर बसेका छन् । स्वय प्रधानमन्त्री पनि पपुलिष्ट हुन आन्दोलन गर्नुस म जातीय राज्य दिन्छु भनेर सस्तो स्टन्टबाजमा रमाउने अवस्था छ ।’
दलालहरुले नेपाली युवाहरुलाई रसियामा लगेर भर्ना गरिरहेको र त्यसलाई सरकारलाई रोक्न नसकेको उनले बताए । रुसमा झन्डै ६ हजार यूवा सेनामा भर्ना भएका र उनीहरु युद्धभूिमबाट रोइकराई गर्दा सरकारले यसबारे केही चिन्ता नलिएको उल्लेख गरे ।
गिरीले सरकार संवेदनशील नबने जनताको आक्रोश वायु बनेर आउने चेतावनी दिए ।
‘वर्तामान सरकारकै कारण हाम्रो समाज जातीय, धार्मिक र अनेक हिसाबमा विभाजित बन्ने र देश अर्को द्वन्द्वमा फस्ने स्थिति सिर्जना भइराखेको छ,’ उनले भने।
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया