झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने

स्वर्गद्वारी (प्युठान) । झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ ।
प्युठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मको सिमानासम्म पलिकाले आवागमन सहज बनाउन सडक खाली गराउने जनाउँदै १० दिन भित्रमा राखिएका सामान हटाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले आज एक सूचना निकालेर सडकमा अनधिकृतरुपमा ढुङ्गा, गिटी, बालुवा, छठ, सिमेन्ट, व्यावसायिक सामग्री पसलदेखि सडकसम्म राख्ने, सवारी मर्मतका नाममा बाटो अवरोध गर्नेलागतय गतिविधि गर्न नपाइने बताएको छ ।
झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले गाउँपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका संरचना, सडक मिचेर बनाइएका संरचना हटाउन कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भएको बताए।
यसैबीच प्युठान नगरपालिकाले पनि सडक खाली गराउने अभियान कठोरतापूर्वक कार्यान्वयन गर्ने बताएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया