झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने

स्वर्गद्वारी (प्युठान) । झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ ।
प्युठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मको सिमानासम्म पलिकाले आवागमन सहज बनाउन सडक खाली गराउने जनाउँदै १० दिन भित्रमा राखिएका सामान हटाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले आज एक सूचना निकालेर सडकमा अनधिकृतरुपमा ढुङ्गा, गिटी, बालुवा, छठ, सिमेन्ट, व्यावसायिक सामग्री पसलदेखि सडकसम्म राख्ने, सवारी मर्मतका नाममा बाटो अवरोध गर्नेलागतय गतिविधि गर्न नपाइने बताएको छ ।
झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले गाउँपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका संरचना, सडक मिचेर बनाइएका संरचना हटाउन कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भएको बताए।
यसैबीच प्युठान नगरपालिकाले पनि सडक खाली गराउने अभियान कठोरतापूर्वक कार्यान्वयन गर्ने बताएको छ ।
















आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया