एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता
सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडाैँ । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको क्यानडाविरुद्ध सोमपालले छैटौँ ओभरको अन्तिम बलमा ओपनर आरोन जोनसोनलाई एलबीडब्लु धरापमा पारे। १५ बलमा ३ चौका र १ छक्का हानेका आरोन २० रनमा पेभेलियन फर्के।
त्यसअघि क्यानडाले पहिलो विकेटको रुपमा नभनित डालिवाललाई गुमाएको थियो।
क्यानडाविरुद्ध अोडिआईमा डेब्यु गरेका रिजन ढकालले तेस्रो ओभरको पाचौँ बलमा ओपनर नभनित डालिवाललाई ६ रन बनाउँदा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै करियरको पहिलो अन्तराष्ट्रिय ओडिआई विकेट लिएका थिए।
नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ६ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।
















भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया