शुक्रबार, फागुन ८, २०८२

माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप

मेरोन्यूज २०८० माघ २५ गते १९:३२

रौतहट । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओललीले माधवकुमार नेपाललाई विदेशी भ्रष्टाचारीको मतियार भएको संज्ञा दिएका छन्। सीमित स्वार्थको निमित सिङ्गो नेकपा फुटाउने नेपालले गठबन्धनलाई घर भनेको भन्दै ओलीले चर्को आलोचना गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा उद‍्घाटन गरेपछि बिहीबार गरुडामा सभालाई सम्बोधन गर्दै ओलीले नेपालको चर्को आलोचना गरेका हुन्।

‘एउटा अनलाइन हेर्दा माधव नेपालले केपी ओलीसँग बोलचाल बन्द भनेका थिए। नेपालसँग बोलचाल नहुँदा के विग्रिन्छ?,’ ओलीले भने। 

विदेशी, प्रतिक्रियावादी शक्ति,  जनविरोधी, विकास विरोधी, सुशासन विरोधी, भ्रष्ट तत्वहरूको मतियार भएर नेपाल उनीहरूकै पछि-पछि हिँडिरहेको ओलीको टिप्पणी छ।

‘माधव जीले गठबन्धन भत्किन दिन्न, गठबन्धन भत्काउदिन, गठबन्धन भत्किने गरी काम गर्दिन, घरमा आगो लगाउदिन, यो मेरो घर हो भन्नु भयो। उहाँलाई नेकपा एमालेले १५ वर्षसम्म प्रमुख पदमा बसायो, उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्री बनायो, पार्टीले सबै थोक दिएको र आफैले बनाएको विशाल घरबाट दुई तिहाईको पार्टीलाई तोडफोड गर्ने सरकार ढाल्ने, ६ प्रदेशको सरकारलाई ढालेर कांग्रेससँग टासिने,’ उनले भने। गठबन्धन भत्किएपछि त्यो घर होइन भनेर त्यतिबेलामात्र नेपाललाई थाहा हुने उनले दाबी गरे।

त्यसैगरी आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पनि उनले पार्टीमा फर्किन आग्रह गरेका छन्। उनले प्रभुको पुच्छर समातेर बैतरणी पार नहुने भएकाले ससम्मान एमालेमा फर्किन सुझाव दिएका हुन्।

प्रतिक्रिया