बिहीबार, माघ १५, २०८२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

मेरोन्यूज २०८० माघ २६ गते ८:१२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ बताइएको छ। गत २८ पुसमा बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो।

विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संसोधन गर्ने प्रस्ताव गरेको थियो।

ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको थियो। पार्टीका तल्ला कमिटीले विधानका प्रस्तावहरूमा दिएको सुझावबारे निर्णय गर्न स्थायी कमिटीको बैठक राखिएको बताइएको छ।

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। केन्द्रीय कमिटीको बैठक राष्ट्रिय सभागृहमा राखिने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

 

प्रतिक्रिया