शनिबार, चैत २८, २०८२

मिथुन चक्रवर्ती अस्पतालमा भर्ना

मेरोन्यूज २०८० माघ २७ गते १८:१३

काठमाडौं । वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् । एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

उनले शनिबार बिहान छाती दुखेको गुनासो गरेका थिए । अभिनेताका नजिकका मानिसहरूका अनुसार उनलाई असहज महसुस भएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो।

७४ वर्षीय चक्रवर्तीको एमआरआई जाँच गरिएको छ। शनिबार फिल्म ‘शास्त्री’को सुटिङ गरिरहेका क्रममा उनको स्वास्थ्यमा खराबी आएको थियो । र तुरुन्तै अस्पताल पुर्‍याइयो।

तर, ई टाइम्ससँग कुरा गर्दै मिथुनका छोरा महाक्षय चक्रवर्तीले बुबा पूर्णतया स्वस्थ रहेको बताएका छन् । उनले नियमित चेकअपका लागि मात्र अस्पताल लगिएको बताए ।

प्रतिक्रिया