‘स्त्री २’ मा जाेडिए वरुण धवन

मुम्बइ । वरुण धवन यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म भीडी १८ को कारण चर्चामा छन् । उनको फिल्मको शीर्षक र फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको हो ।
वरुणको फिल्म भीडी १८ को नाम ‘बेबी जोन’ हो र फिल्म मे ३१, २०२४मा सिनेमाघरहरूमा रिलिजको लागि तयार छ। यसैबीच, उनी अर्को फिल्मको हिस्सा बन्ने खबर आएको छ ।
बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै वरुण धवन श्रद्धा कपूर र राजकुमार रावको हरर कमेडी फिल्म ‘स्त्री २’ मा प्रवेश गरेको बताइएको छ । फिल्ममा अभिनेताको क्यामियो रोल हुनेछ र उनले त्यसको लागि सुटिङ पनि गरेका छन् । वरुण धवनले ‘स्त्री २’ मा आफ्नो भूमिकाको लागि दुई दिनमा सुटिङ गरेको रिपोर्टले दाबी गरेको छ ।
रिपोर्टमा यो पनि बताइएको छ कि वरुण ‘स्त्री २’ मा आफ्नो ‘भेडिया’ भूमिकामा देखिने छन् । दिनेश विजनको निर्देशनमा बन्न लागेको यो हरर कमेडी फिल्ममा वरुणको भूमिका उनको फिल्म ‘भेडिया २’ को आधार हुनेछ, जसको सुटिङ सन् २०२५ मा सुरु हुँदैछ । ‘भेडिया २’ को कथा पनि त्यहीँबाट सुरु हुनेछ, जहाँ ‘स्त्री २’ को कथा समाप्त हुन्छ ।
वरुणको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म बवलमा देखिएका थिए । अब अभिनेता ‘बेबी जोन’ मा देखिनेछन् । यसबाहेक अभिनेताको पाइप लाइनमा सिटाडेल छ, जसमा उनीसँगै दक्षिण अभिनेत्री सामन्था प्रभु देखिने छिन् । यसबाहेक अब उनीसँग ‘स्त्री २’ पनि छ, जुन अगस्ट ३०, २०२४ मा सिनेमाघरमा रिलिजको लागि तयार छ।









भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया