‘स्त्री २’ मा जाेडिए वरुण धवन

मुम्बइ । वरुण धवन यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म भीडी १८ को कारण चर्चामा छन् । उनको फिल्मको शीर्षक र फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको हो ।
वरुणको फिल्म भीडी १८ को नाम ‘बेबी जोन’ हो र फिल्म मे ३१, २०२४मा सिनेमाघरहरूमा रिलिजको लागि तयार छ। यसैबीच, उनी अर्को फिल्मको हिस्सा बन्ने खबर आएको छ ।
बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै वरुण धवन श्रद्धा कपूर र राजकुमार रावको हरर कमेडी फिल्म ‘स्त्री २’ मा प्रवेश गरेको बताइएको छ । फिल्ममा अभिनेताको क्यामियो रोल हुनेछ र उनले त्यसको लागि सुटिङ पनि गरेका छन् । वरुण धवनले ‘स्त्री २’ मा आफ्नो भूमिकाको लागि दुई दिनमा सुटिङ गरेको रिपोर्टले दाबी गरेको छ ।
रिपोर्टमा यो पनि बताइएको छ कि वरुण ‘स्त्री २’ मा आफ्नो ‘भेडिया’ भूमिकामा देखिने छन् । दिनेश विजनको निर्देशनमा बन्न लागेको यो हरर कमेडी फिल्ममा वरुणको भूमिका उनको फिल्म ‘भेडिया २’ को आधार हुनेछ, जसको सुटिङ सन् २०२५ मा सुरु हुँदैछ । ‘भेडिया २’ को कथा पनि त्यहीँबाट सुरु हुनेछ, जहाँ ‘स्त्री २’ को कथा समाप्त हुन्छ ।
वरुणको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म बवलमा देखिएका थिए । अब अभिनेता ‘बेबी जोन’ मा देखिनेछन् । यसबाहेक अभिनेताको पाइप लाइनमा सिटाडेल छ, जसमा उनीसँगै दक्षिण अभिनेत्री सामन्था प्रभु देखिने छिन् । यसबाहेक अब उनीसँग ‘स्त्री २’ पनि छ, जुन अगस्ट ३०, २०२४ मा सिनेमाघरमा रिलिजको लागि तयार छ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया