टानले संयुक्तरूपमा ल्होसार पर्व मनाउने

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले संयुक्तरूपमा ल्होसार पर्व मनाउने भएको छ ।
पर्वतीय पदयात्रा व्यवसायमा गुरुङ, तामाङ, शेर्पा, हेल्मोलगायत समुदायको बाहुल्यता रहेको टानले चार वर्षपछि यस वर्ष आगामी फागुन ४ गते संयुक्तरूपमा ल्होसार कार्यक्रम आयोजना गरी पर्व मनाउन लागेको हो ।
टानका द्वितीय उपाध्यक्ष एवं ल्होसार कार्यक्रमका संयोजक धनबहादुर गुरुङले आपसमा मनोरञ्जन र खुसी साटासाट ल्होसार पर्व विगत चारवर्षदेखि मनाउँदै आइरहेको जानकारी दिए । “कोरोना महामारीका कारण चार वर्ष रोकिएको ल्होसारलाई हामीले अहिलेदेखि पुनः निरन्तरता दिन लागेका छौँ”, उनले भने । ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।
टानले ल्होसार कार्यक्रमलाई सम्पन्न गर्नका लागि टानका द्वितीय उपाध्यक्ष एव नयाँ पदमार्ग खोज अन्वेषण तथा अध्ययन समितिका संयोजक गुरुङको संयोजकत्वमा कार्यसमितिका सहकोषाध्यक्ष छिरिङदोर्चे शेर्पा, सदस्य कुमार लामा, लाक्पा शेर्पा र कृष्णबहादुर परियार रहेको समितिसमेत निर्माण गरेको छ । टानले यस वर्षको ल्होसार कार्यक्रममा रु २५ लाखभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।















ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया