क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
मेरोन्यूज
२०८० माघ २९ गते १३:१३

काठमाडाैं। क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो ।
क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए। निखिल दत्ता ४५ रनमा रन आउट भए। ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के।
यस्तै हर्ष ठाकरले २९, श्रेयस मोभ्भाले २५, श्रीमन्था विजयरथेले २२, ओपनर आरोन जोनसनले ४, डिलोन हेलिगेरले ४ र निकोलस किर्तनले ३ रनको योगदान गरे ।
यस्तै कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे।
नेपालका हेमन्त धामीले ३ विकेट लिए। कुशल मल्लले २ विकेट लिए। ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया