क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेको छ । तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज क्यानडालाई नौ विकेटले पराजित गरेसँगै शृङ्खला ३–० ले जितेको हो । अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरेपछि नेपालले क्यानडामाथि सहज जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनाएको थियो । नेपालले दुई सय ३३ रनको विजयी लक्ष्य एक विकेटको क्षतिमा ४५ औँ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई सात रन तथा दोस्रो खेलमा चार विकेटले पराजित गरेको थियो ।
नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजना भएको क्रिकेट शृङ्खला क्लिनस्विप गरेको हो । यसअघि नेपालले ओमानमा पपुवा न्यूगिनविरुद्ध दुई खेलको शृङ्खला २–० ले जितेको थियो । आजको खेलमा क्यानडाले प्रस्तुत गरेको दुई सय ३३ रनको लक्ष्य पच्छाउने क्रममा नेपालका लागि अनिल र भीमले एक सय ८९ रनको उत्कृष्ट साझेदारी गरे । अनिलले सर्वाधिक एक सय १२ रनको योगदान दिए । उनले एक सय २४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै भीमले एक सय एक रन बनाए । उनले एक सय २९ बलमा ११ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले १३ रन जोडे । बलिङतर्फ क्यानडाका शाहिद अहमदजैले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्धतमा ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद बीन जाफरले ३१, हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ तथा श्रीमान्थ विजेरत्नले २२ रन बनाए ।
बलिङतर्फ नेपालका लागि आजको खेलमा डेब्यू गरेका हेमन्त धामीले तीन, कुशल मल्लले दुई तथा ललितनारायण राजवंशी र अकाश चन्दले एक एक विकेट लिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया